गभर्नर नियुक्तिमा राजाबादी र केही ठूला व्यापारीहरूको मिलोमतोमा डेपुटी गभर्नर नीलम ढुंगानालाई साइड लगाउन चलखेल

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा ब्यापक शक्ति खेल र गहिरो चलखेल भएको खुलासा भएको छ। स्रोतका अनुसार राजाबादी र केही ठूला व्यापारीहरूको मिलोमतोमा डेपुटी गभर्नर नीलम ढुंगानालाई साइड लगाउनसम्म बागेश्वर धामका बाबा सम्म व्यापारीहरुले नेपाल भित्राएर गर्नु चलखेल घाम जत्तिकै छर्लंग छ|
गभर्नर चयन प्रक्रिया अर्थतन्त्रको दीर्घकालीन स्थायित्वसँग जोडिएको विषय हो। तर यसमा राजनीतिक, धार्मिक र व्यवसायिक हित समूहहरू मिलेर हस्तक्षेप गर्न थालेको घटनाले राष्ट्र बैंक जस्तो संवैधानिक र गरिमामय संस्थाको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठाएको छ।




नीलम ढुंगाना, जो राष्ट्र बैंकको नेतृत्व अनुभव र क्षमता दुवैमा योग्य मानिन्छिन्, उनलाई पछि पार्नका लागि धार्मिक प्रभावदेखि शक्ति केन्द्रसम्म प्रयोग गरिएको खबरले संस्थागत मर्यादा र सुशासनमा गम्भीर खतरा सिर्जना गरेको छ।
यस प्रकारको चलखेलले योग्य र इमानदार व्यक्तिहरूलाई पन्छ्याउने प्रवृत्तिमा वृद्धि गर्छ र राष्ट्रको वित्तीय भविष्यलाई जोखिममा पार्न सक्छ।
संवैधानिक संस्थाहरूमा नियुक्ति गर्दा योग्यता, अनुभव र निष्पक्षता मुख्य मापदण्ड बन्नुपर्छ, न कि दलगत, धार्मिक वा व्यवसायिक स्वार्थ। राष्ट्र बैंक जस्तो संस्था राजनीति र बाह्य प्रभावभन्दा माथि रहनुपर्छ — देशको अर्थतन्त्र र जनविश्वास बचाउन।
राजनीतिक नियुक्तिमा पारदर्शिता, निष्पक्षता र विधिको शासनको पालना नभए राष्ट्र बैंक जस्ता संवैधानिक अंगहरू राजनीतिक अखडा बन्ने खतरा स्पष्ट देखिन थालेको छ। गभर्नरको नियुक्ति कुनै राजनीतिक दल वा व्यक्तिको स्वार्थमा सीमित हुनु गणतान्त्रिक मूल्य र अर्थतन्त्र दुवैको अपमान हो।
प्रतिक्रिया दिनुहोस्