गण्डकी सरकारको मन्त्रीहरुको कार्यविभाजन टुङ्गियो

पोखरा । गण्डकी सरकारको मन्त्रीहरुको कार्यविभाजन टुङ्गिएको छ ।

जेठ २९ गते गठन भएको मन्त्रिपरिषद्का ४ जना मन्त्रीले अहिलेसम्म जिम्मेवारी पाएका थिएनन् ।

frontline

आइतबारसम्म मन्त्रीको कार्यविभाजन सक्ने सहमति भएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताउनुभयो ।

दलहरूबीच भएको सहमति अनुसार तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्नुहुने भएको छ ।

कांग्रेसबाट मन्त्री बनेका खड्काले यसअघि अर्थ या भौतिक पूर्वाधार मन्त्रालयको दावी पेश गर्नुभएको थियो ।

यस्तै, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुुहने भएको छ ।

जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउनुुहने भएको छ ।

यसअघि उहाँले पनि अर्थ मन्त्रालय पाउनुपर्ने दावी गर्नुभएको थियो ।

यस्तै अर्का बिना विभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ ले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुुहने भएको छ ।

एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि मनाङेले दुईपटक सोही मन्त्रालय पाउनुभएको थियो ।

अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलेका मनाङेले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here