गण्डकीमा सरकार परिवर्तनको खेल, मुख्यमन्त्रीको दौडमा दीपक मनाङे

सांसद दीपक मनाङे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा लागेका छन् ।

गण्डकी प्रदेशसभामा मनाङबाट प्रतिनिधित्व गर्ने मनाङे मुख्यमन्त्री बन्ने दौडमा लागेका हुन् । उनले मुख्यमन्त्री बन्नका लागि जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग छलफल गरिसकेका छन् ।

frontline

सांसद मनाङेले सरकार चलाउन आफूसँग भिजन भएको बताउँदै हालका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग सहयोग माग्ने बताए ।

उनले एमाले नेतृत्वको सरकार सन्तोषजनक नभएको भन्दै अब नयाँ सरकार गठन गर्नुपर्ने बताए । सांसद मनाङेले मुख्यमन्त्रीका लागि पृथ्बीसुब्बा गुरुङले आफूलाई भोट दिने दाबी गरे ।

गण्डकीमा एमालेलाई माओवादी केन्द्र र जनमोर्चाले साथ दिइरहेका छन् । माओवादीका दुई जना मन्त्रीले राजीनामा दिए पनि समर्थन फिर्ता लिएको छैन् ।

जनमोर्चाले पनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरिरहेको छ । मुख्यमन्त्री गुरुङलाई जनमोर्चा वा जसपा मध्ये एउटा पार्टीको समर्थन आवश्यकता पर्दछ । गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चालगायतका दल मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको मनाङेले बताए ।

मनाङेले मुख्यमन्त्री बन्ने दाबी गरेपनि संसदका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग भने छलफल गरेका छैनन् । उनले आफूले कांग्रेस र माअ‍ोवादी केन्द्रसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

गण्डकीमा एमालेका २७ जना सांसद छन् । मनाङे स्वतन्त्र सांसद हुन् । उनले कसैलाई पनि समर्थन जनाएका छैनन् ।

संसदमा कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीको २ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here