गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

काठमाण्डु । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत मागेका छन् ।

विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायीत्व र संघीयताको सुदृढीकरणका लागि आफूलाई विश्वासको मत दिन अनुरोध गरे ।

frontline

शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका थिए ।

प्रदेशसभामा मन्तव्यसहित विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता पनि नपुगेको स्मरण गराउँदै यसबीचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेखसमेत गरे ।

नीति तथा कार्यक्रम र बजेटमा राखिएका लोककल्याणकारी योजनाको सफल कार्यान्वयनका लागि आफुलाई विश्वासको मत दिनुपर्ने उनले बताए ।

संघियतालाई मजबुत बनाउँदै राजनीतिक स्थिरता कायमकालागि पनि आफुलाई विश्वासको मत दिनुपर्ने उनको भनाई छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् ।

गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here