गण्डकी प्रमुखद्वारा पुस २५ भित्र सरकार गठनका लागि आह्वान

२१ असोज, कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन्।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकाले सोही धाराको उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

frontline

उनका अनुसार पुस २५ गते ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ। यसअघि बागमती, कर्णाली र लुम्बिनी प्रदेशमा पनि सरकार गठनका लागि आह्वान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here