गठबन्धन खरानीको डल्लो हो, जसरी पनि फुट्छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन्।

सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्न सक्ने टिप्पणी गरे।

frontline

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए।

ओलीले सत्तारुढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गरे। उनले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको सुनाए।

कांग्रेस एक्लैले संविधान संशोधन गर्न सक्ने अवस्था नरहेको ओलीको भनाई थियो। ‘नेकपा एमालेसँग मेजरिटी छैन। हामी सरकार भन्दा बाहिर छौं। त्यसकारण हामीले सुझाव दिने हो। त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन। गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन। किनभने यो खरानीको डल्लो हो। यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ।’ उनले भने। 

अध्यक्ष ओलीले कांग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनैपनि ठाउँ नरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here