गठबन्धनलाई जिताउनुहोस्, देश गम्भीर मोडमा छ : प्रधानमन्त्री देउवा

६ कात्तिक, धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा रहेको बताएका छन् ।

आज (आइतबार) धनगढीमा आयोजित संयुक्त चुनावी भेलामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

frontline

सत्तारुढ ५ दलीय गठबन्धनको सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले चुनावपछि देशको भविष्य निर्धारण हुने बताए ।

उनले संविधान, गणतन्त्रको रक्षाका लागि वर्तमान सत्ता गठबन्धनलाई जिताउनु जरुरी रहेको समेत बताए ।

आगमी मंसिर ४ को संघीय चुनावपछि देश कता जाने भन्ने कुरा गम्भीर रहेको उनको भनाइ थियो ।

आफूहरु संविधान र गणतन्त्र जोगाउन लागिपरेको भन्दै गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूलाई मतदान गरी जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here