गगनलाई नेविसंघ अध्यक्ष दुजाङले भने ‘दिस इज नट अ वन म्यान सो’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापालाई नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आफूले दिएको सुझाव नमान्दा यस्तो अवस्था आएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष शेर्पाले आफूले सर्लाहीमा भेटेर दिएको सुझाव ५ प्रतिशत पनि नमान्दा यस्तो अवस्था आएको बताएका हुन् ।  

frontline

‘मैले सर्लाहीमा भेटेर हजुर र हजुरको सचिवालयहरूलाई धेरै महत्वपूर्ण सुझाव दिएको थिए । ५ प्रतिशत पनि कार्यान्वयन गराउन इच्छा देखाउनुभएन,’ शेर्पाले लेखेका छन् । 

शेर्पाले आफूले विष पिएर दिएको सुझाव नमानेको पनि उल्लेख गरेका छन् । त्यसमै जोडेर उनले बालेन्द्र शाहले पनि विष पिएर रवि लामिछानेसँग सम्झौता गरेको भन्दै एक्लै अगाडि बढ्न खोज्दा यो अवस्था आएको बताएका छन् ।

‘बालेनले पनि विष् पिएर रविसँग सम्झौता गरेको हो । दिस इज नट वन म्यान सो’ शेर्पाले लेखेका छन् । 

प्रतिनिधिसभा निर्वाचनका क्रममा आफूले दिएको सुझाव नमानेपछि उनले सभापति थापालाई यस्तो उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here