खोलाले बगाउदा बालिकाको मृत्यु

मङ्गलबारे, १२ असोज (रासस) ः इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो ।

frontline

फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो ।

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । –––

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here