खोलालाई अतिक्रमण गरी घर आवासको विकास गर्दा सिन्धुलीमाडी उच्च जोखिममा

३ साउन, सिन्धुली । सिन्धुलीमाडीको मध्य भाग भएर बग्ने गौमती खोलालाई अतिक्रमण गरी घर आवास क्षेत्रको विकास र विस्तार गर्दा जिल्ला सदरमुकाम सिन्धुलीमाडी नै उच्च जोखिममा पर्न थालेको छ ।

जग्गा, घर आवास व्यवसायीहरूको कारोबारका कारण यस्ताे समस्या भएकाे हाे । यहाँ घडेरीको मूल्य आकाशीयकाले गौमती खोला आसपासका क्षेत्र समेत अतिक्रमण गरी व्यवसायीहरूले घडेरी विकास गरी बिक्री–वितरण गर्दा ठूलाे समस्या आएको छ

frontline

।भूमाफियाहरूले खर्च गरेर व्यवस्थित रूपमा नाप जाँच गरी बिक्री–वितरण गर्न थालेपछि प्राकृतिक रूपमा बहने नदी खोलाहरूलाई समेत वर्षायाममा बहाव लिन कठिनाई पर्ने देखिएको छ ।

जसका कारण प्राकृतिक रूपले खोलाको दिशासमेत परिवर्तन गर्न खोजेपछि सिन्धुली जिल्लाको सदरमुकाम माडीबजारको बीच भागबाट बग्ने ग्वांङ र गौमती खोला आसपासमा बग्दा दर्जनौं सरकारी कार्यालयहरू वर्षायाममा नदी कटानको समस्याको जोखिममा पर्न थालेका हुन् । वर्षायाममा सिन्धुलीगढी आसपासको महाभारत पहाडबाट पहिरो तथा बाढी आउने गर्दा सिन्धुलीमाडीका सर्वसाधारणहरूका घर जग्गा र सरकारी कार्यालयहरू असुरक्षित बनेका छन् । वर्षायाममा स्थानीय बासीन्दाहरूले त्रासमा बाच्नु पर्ने स्थिति रहेको छ ।

सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित गौमती खोलाले जिल्ला सदरमुकाममा अवस्थित कमलामाई नगरपालिकाको करिब १२ किलोमिटर लम्बाई र करिब १० हेक्टर क्षेत्रफलमा आफ्नो रूप विस्तार गर्दै आएकोमा मानव सृजित दोहनका कारण नहर बनेको छ । गौमती खोलाको कटानले विगत चार दशक अगाडि पनि हजारौं विघाहा खेती योग्य उर्वरा जमिन बगरमा परिणत भएका थिए।

तर, आज खोलाको आसपासमा निर्माण गरिएका स्थानीय बासीन्दाहरूको बस्ने घर टहराहरू समेत खोलाका कारण संकटमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here