खोप नलगाएकालाई सार्वजनिक यातायातमा प्रतिवन्ध

२२ मंसिर, हरारे । जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिवन्ध लगाइएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने शिलशिलामा यस्तो नियम लागू गरिएको हो ।

frontline

सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थप चासो देखाएको छ । “पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा बृद्धि भएको छ, त्यसैले मन्त्रीपरिषद्ले कडाई गर्ने निर्णय गरेको हो,” सञ्चारमन्त्री मोनिका मुत्सभाङ्वाले भन्नुभयो ।

सरकारले सवैलाई खोप लगाउनका लागि अनुरोध गरेको र नलगाउनेलाई अरु पनि धेरै ठाउँमा बन्चित र निषेध गरिने उहाले बताउनुभयो ।

उहाँले खोप लगाउनका लागि विभिन्न वसपार्कलगायत देशभरका विभिन्न ठाउँमा व्यवस्था गरिएको जानकारी दिनुभयो ।

खोप नलगाएकाहरुलाई सरकारी निकाय वा भिडभाड हुने सार्वजनिक स्थलमा नजान पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले शैक्षिक संस्थाहरुमा पनि खोप लगाउन उमेर पुगेकाहरुले लगाउनु पर्ने र त्यही अनुसारको सतर्कता अपनाउनु पर्नेमा जोड दिनुभयो ।

सरकारी तथ्याङ्कअनुसार जिम्बाबेमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४१ हजार ६०१ जना सङ्क्रमित भएका छन् ।

ती मध्ये चार हजार ७१३ जनाको मृत्यु भएको छ भने एक लाख २८ हजार ९६६ जना सङ्क्रमणमुक्त भएका छन् ।

देशभरका ३८ लाख ८२ हजार २५५ जनाले कम्तीमा एउटा खोप लगाएका छन् भने २८ लाख ९२ हजार ३६६ जनाले दुवै खोप लगाएका छन् । (सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here