“खोई मेरो हराएको नेपाल ?”


                                       लेखक : बसन्त यादव

आफ्नै देशमा खोज्न लागे, आफ्नै देशको मुहान
कतै मिल्न पाएनन् ,खोई मेरो हराएको नेपाल ? -२

frontline

बिर पुर्खा ले बनाएको, सिङ्गो थियो नेपाल
सात खण्डमा टुक्रि सके, तराई, पहाड र हिमाल
खोई मेरो हराएको नेपाल ? -२

बहुल जाति, भाषा, धर्म थियो मेरो जहान
सबै नेपाली एकै थियौं, अब लाग्छ बिरान
खोई मेरो हराएको नेपाल ?-२

मेरै देशले झल्काएको , विश्वमा नारीको सम्मान
मेरै देशमा बचाउन गार्हो, अब नारीको स्वभिमान
खोई मेरो हराएको नेपाल ? -२

वन जंगल बोट बिरुवा, गयो फडानी को काखमा
जीव जन्तु चारा चुरूङ्ग, पर्यो सिकारी को हाथमा
खोई मेरो हराएको नेपाल ? -२

ठूल-ठूला कल कारखाना ले, भरिएको थियो मेरो देश
भ्रष्टाचारीले बन्द गरायो, बेरोजगार ले कुर्छन विदेश
खोई मेरो हराएको नेपाल ? -२

अरू देशलाई सुरक्षा दिने, हाम्रै दाजुभाई गोर्खाली
आफ्नै देश बचाउन गार्हो, छिनियो सबै खुशियाली
खोई मेरो हराएको नेपाल ? -२

विश्वलाई गौरव देखाउने, यहि थियो मेरो देश
उस्तै देश खोज्दै छु आज, पाएनन् केहि विशेष
खोई मेरो हराएको नेपाल ? -२

नोट : यो कवितामा “मेरो” को अर्थ सबै नेपाली लाई बुझाउँछ ।

प्रतिक्रिया दिनुहोस्

poster-here