खेलाडीहरूको मासिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपति पुनको ध्यानाकर्षण

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरूलाई मासिक रूपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

ओलम्पिक डे को अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

frontline

पुनले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरूको नियमित प्रशिक्षण नहुने गरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताउनुभयो ।

उहाँले समाजमा शान्ति स्थापना गर्न र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here