खाल्डोमा परी बालिकाको मृत्यु
२२ माघ, नुवाकोट । इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ ।
सर्लाही बरथहवा नगरपालिका १५ स्थायी घर भई विदुर नगरपालिका ६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगमा कार्यरत रतन महराकी ४ वर्षीया छोरी कृतिको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्