क्रियाशील पत्रकारद्वारा सदस्यता , नविकरण नगरेको बिरुद्धमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

Exif_JPEG_420

नेपाल पत्रकार महासंघ रौतहट शाखाले मनोपोलीका कारण रौतहटका कृयाशिल पत्रकारहरुको सदस्यता र नविकरण कार्यान्वयन हुन नदिएकोमा आज रौतहट जिल्ला प्रमुख धर्मेन्द्र मिश्रलाई ज्ञापनपत्र बुझाएका छन् ।सदस्यता तथा नविकरण कार्यान्वयन नगरिएकोमा रौतहटका कृयाशिल पत्रकारद्वारा चरणबद्द बिरोधमा आन्दोलन गर्ने सघर्श समितिका संयोजक तथा पुर्व नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले चेतावनीसमेत दिएका छन् ।

नेपाली पत्रकारिताको प्रबर्द्धन तथा श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित गर्न सक्रिय भुमिका निर्वाह गर्नु पर्ने र संगठनलाई मजबुत बनाउने जिम्मेवारी पाएका नेपाल पत्रकार महासंघले आफू अनकुलको सदस्यता तथा नविकरणमा मनोपोली गरेको कार्य कति उपयुक्त रहेको हो ?लोकतान्त्रिक ब्यवस्था अनुसार संघीय संरचनालाई अस्वीकार गर्दै रौतहट शाखाले गरेको सिपारिस आफ्नो जातीय , नातेदार ,छोराछोरीलाई मात्र गरेको रौतहटका कृयाशिल पत्रकारहरु तथा सघर्श समितिका संयोजक तथा पुर्व नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले मिश्रलाई ज्ञापनपत्र बुझाएका छन्

frontline

नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बन्दे मापदण्ड अनुसार नेपाल पत्रकार महासंघको बिधान संशोधन संगै निर्णय पालना हुनु पर्छ भन्ने रौतहटका कृयाशिल पत्रकारहरुले ठहर गरेको छ ।लोकतान्त्रिक संरचनालाई चुनौती दिदै सम्बन्धित निकायको अस्तित्वलाई स्वीकार न गर्नुले रौतहट शाखाले मनोपोली र एकलौटी निर्णयबाट नंया सदस्यता तथा नविकरणबाट रौतहटका कृयाशिल पत्रकारहरुलाई बन्चित गरेको हुदा रौतहटका कृयाशिल पत्रकारहरुले बाध्य भैइ चरणबद्द २९ गते ज्ञापनपत्र बुझाउने , १ गते पुनः तालाबन्दी गर्ने, २ गते रिले अनशन बस्ने ,३ गते कालोपट्टी बधेर प्रदर्शन गर्ने , ४ गते रौतहट शाखा पदाधिकारीको फोटो सहित पुतला दहन गर्ने ,५ गते सदरमुकाम गौर भरी प्रदर्शन गर्ने ,६ रौतहट शाखाको पदाधिकारीद्वारा भएको रकमी चलखेलको भण्डाफोर गर्ने र आन्दोलनमा कुनै किसिमको घटना घटियो भन्ने नेपाल पत्रकार महासंघले जिम्मेवारी हुने सघर्श समितिका संयोजक तथा पुर्व नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साह चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here