क्रिप्टोकरेन्सी र नेटवर्किङमा कारोबार नगर्न राष्ट्र बैंकद्वारा सूचना जारी

३० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङमा कारोबार नगर्न सचेत गराएको छ। 

बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा भर्चुअल करेन्सी/क्रिप्टो, बिटक्युन कारोबार तथा नेटवर्किङमा कारोबार नगर्न सूचना जारी गरेको हो। 

frontline

मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी तथा स्टाबिलिक्वनको कारोबार गैरकानुनी रहेको राष्ट्र बैंकले जनाएको छ। 

पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ, तथा हाइपर फण्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिम हुनेमा राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ। 

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीले कुनै पनि प्रकारका भर्चुअल करेन्सी र नेटवर्किङमा कारोबार नगर्न चेतावनी दिइएको छ। 

कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको बैंकले उल्लेख गरेको छ। बैंकले यस्ताखाले सूचना २०७८ माघ ९ गते तथा भदौ २४ गते र २०७४ साउन २९ गते सार्वजनिक सूचना जारी गरेको थियो। 

पछिल्लो एक वर्ष यता क्रिप्टोकरेन्सीमा कारोबार गर्ने दर्जनौं व्यक्ति पक्राउ परिसकेका छन्। क्रिप्टो र नेटवर्किङमा रकम गरेका कारण नेपालमा तरलता अभाव भएको बताउन थालिएको छ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here