क्युबाले बनाएको कोरोनाविरुद्धका दुई खोप परीक्षण अन्तिम चरणमा

फ्रन्टलाइन विश्व परिवेश । अमेरिकाको नाकाबन्दीसँगै कोरोना महामारीको मारमा परेको क्युबाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पु¥याएको छ ।

अहिले विश्वभर भैरहेका २७ वटा खोप परीक्षणमध्ये दुई खोप क्युबाले विकास गरेको हो । क्युबाको फिन्ले इन्स्टिच्युटले सभरिन २ नामको खोप विकास गरेको छ । नौ महिनाअघिको सोच पूरा हुनै लागेको र अहिले तेस्रो चरणको परीक्षणमा पुगेको फिन्ले इन्स्टिच्युटले बताएको छ ।

frontline

क्युबाले एक वर्षमा १० करोड सोभरिन २ खोप उत्पादन गर्ने लक्ष्य लिएको गार्जियनले जनाएको छ । क्युबामा हरेक दिन १ हजार मानिस कोरोनाबाट संक्रमित हुँदै आएको तथ्याङक छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले खोप उत्पादनमा देखिएका अवरोधहरु हटाउन आग्रह गरेको छ ।

डब्लूएचओका प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोरोनाको सङ्क्रमण दर बढ्दै जानु निक्कै चुनौतीपूर्ण रहेको र धेरै देशले खोप अभावको गम्भीर समस्या सामना गर्नुपरेको बताएका छन् । उनले खोप निर्माणमा संलग्न कम्पनीहरुले तत्कालका लागि बढी खोप उत्पादन गर्नुपर्ने र त्यसका लागि आवश्यक अवरोध हटाउन सम्बन्धित देशहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here