क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा
१८ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा गरिएको छ ।
क्यालिफोर्नियाका गभर्नर गोबिन न्याजामले मंकीपक्स प्रकोप नियन्त्रणका लागि भन्दै आपतकाल घोषणा गर्नुभएको हो ।
क्यालिफोर्नियामा मंकीपक्सका ८ सय २७ जना संक्रमित फेला परेका छन् । जसमा ९० प्रतिशत समलिंगीहरु रहेको बताइएको छ।
मंकीपक्स संक्रमण तीव्र गतिमा फैलिएपछि अमेरिकामा यसको रोकाथामका लागि विशेष गरी समलिंगीहरुलाई एक-आपसको सम्बन्धबाट टाढा रहन भनिएको छ ।
एउटै ओछ्यान, रुमाल र कपडा प्रयोग नगर्न तथा चुम्बन नगर्न समेत अपील जारी गरिएको छ।
यसैबीच गभर्नर न्यूजामले क्यालिफोर्नियामा मात्रै २५ हजारलाई यस विरुद्धको खोप प्रदान गरिएको जानकारी दिनुभएको छ ।
मंकीपक्स संक्रमितको सम्पर्कमा आएका ब्यक्तिलाई २१ दिनपछि पनि संक्रमण हुने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्