क्यालिफोर्नियामा भारी वर्षा, हिमपात र तेज हावाका साथ आँधीका कारण जनजीवन प्रभावित

२५ पुस, एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षा, हिमपात र तेज हावाका साथ आएको आँधीका कारण जनजीवन प्रभावित बनेको छ । क्यालिफोर्नियाका हजारौं घरकासाथै सयौं सवारीसाधनमा क्षति पुगेको छ ।

हजारौं मानिस बिस्थापित भएका छन् । आँधीमा १ महिलाको मृत्युु भएको छ भने केही बेपत्ता भएका छन् । आँधीले पार्किङमा राखिएका सवारीसाधनमाथि रुख र बिजुलीको पोल ढल्दा सयौं सवारीसाधन नष्ट भएका हुन् ।

frontline

हिमपात र तेज हावाले बिजुली आपुर्ती बन्द भएको छ । यसले लाखौं मानिस अँध्यारोमा बस्न बाध्य छन् । मौसम विज्ञान विभागका वैज्ञानिकहरूले निरन्तर आँधी आउन सक्ने भन्दै नागरिकलाई सचेत तुल्याएका छन् । राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले अर्को ठूलो आँधी आउन सक्ने चेतावनी दिएको छ ।

आँधीका कारण क्यालिफोर्नियाको उत्तरी प्रान्त र सनफ्रान्सिस्को दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ । गत डिसेम्बरदेखि जारी श्रृंखलाबद्ध हावाहुरी अझ केही दिन जारी रहने मौसमबिदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here