क्यानडामा नेपाली मेला आयोजना हुँदै
फ्रन्टलाइन, असार २७ | क्यानडाको क्यालगरीमा नेपाली मेला हुने भएको छ। नेप्लीज कम्युनिटी सोसाईटी अफ क्यालगरी र क्यालगरीमा बसोबास गरेका नेपालीहरुका विभिन्न संघसस्थाहरुको सहकार्यमा मेला आयोजना हुन लागेको हो । । आगामी जुलाई २२ मा क्यालगरी जाऔं, नेपाली मेला मनाऔं भन्ने नारासहित नेपाली पहिचान र सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो। नेपाली कला, सँस्कति र भेषभुषा प्रबर्धन र प्रचार गर्ने उदेश्ये का साथ हुन लागेको नेपाली मेला क्यालगरीको ईतिहासमै नेपालीद्वारा हुन लागेको एस प्रकारको पहिलो कार्यक्रम हो ।
आगामी जुलाई २२ शनिबार हुन लागेको एक दिने कार्यक्रममा करीब ५००० आगन्तुकको सहभागीता हुनी अंकलन गरिएको छ । मेलामा नेपाली सँस्कति र भेषभुषा झल्किने प्रस्तृति तथा पञ्चेवाजासहितका झाँकिसँगसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ। कार्यक्रमको मुख्य अकर्शनका रुपमा नेपाली कला , सन्स्कृति, नेपाली खाना , परामर्श, संगीतिक प्रस्तुती तथा बाल बालिका र जेष्ठ नागरिकको लागि मनोरन्जनात्मक स्थल रहने छन् । कलाकारहरुमा चर्चित लोकदोहोहरी गाएक प्रकाश सपुत लगाएतका कलाकारहरुको उपस्थिति रहने छ। नेपाली मेलालाई मध्यनजर र प्रचार गर्दै नेपाली राजदुतावासले पनि प्रचारप्रसार स्वरुप घुम्ती सेवा सञ्चालन गरेको छ।
प्रतिक्रिया दिनुहोस्