क्यानडामा ट्रक चालकहरुको दोस्रो दिन पनि विरोध प्रदर्शन जारी

१८ माघ, काठमाडौं । क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् ।

ट्रक चालकका लागि लागु गरिएका नियमहरुप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गर्दै प्रदर्शन जारी राखेका हुन् ।

frontline

राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् ।

अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना विरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रक चालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ ।

क्यानाडामा ट्रक चालकको संख्या १ लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक रहेको छ ।

ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन् ।

जसका कारण त्यहाँको यातायात सेवा प्रभावित बनेको छ । प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।

सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here