कोसी ब्यारेजमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु
१२ मंसिर, काठमाडौं । कोसी ब्यारेजमा डुबेर शनिबार एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक-६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन्।
इलाका प्रहरी कार्यालय कोसी ब्यारेजका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोसी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए।
लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नम्बर १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरे पनि उनलाई बचाउन भने सकेन।
नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्