कोलोराडोमा डढेलोबाट ५ सय बढी घरहरु जलेर खरानी

फाइल तस्बिर

१७ पुस, कोलोराडो । अमेरिकी राज्य कोलोराडो नजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन्।

बिहीबार लागेको डढेलो अनियन्त्रित हुँदा कोलोराडोका विभिन्न क्षेत्रका ५ सयभन्दा बढी घर जलेर खरानी भएका हुन्।

frontline

लामो समयसँगैको खडेरी र सुख्खा मौसमका कारण बिहीबार सो क्षेत्रमा डढेलो लागेको बताइएको छ।

बिहीबार लागेको डढेलोसँगै प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीव्ररुपमा फैलिएको थियो।

तीव्ररुपमा फैलिएको डढेलाले सुपेरियर क्षेत्रमा ३७० र वर्ल्ड टाउन क्षेत्रका २१० घरहरु जलेर खरानी बनेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

डढेलोले पुर्‍याएको मानवीय क्षतिका विवरण भने हालसम्म प्राप्त नभएको बताइएको छ।

पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ।

जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन्।

अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रुप लिने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here