कोरोना संक्रमण चीनमा पुनः तीव्र हुँदै

२७ कार्तिक, बेइजिङ : चीनमा पछिल्लो समय कोरोना संक्रमण पुनः तीव्र फैलिन थालेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार बिहीबार ९८ नयाँ संक्रमित भेटिएका छन्।

यसअघि बुधबार ६२ जना नयाँ संक्रमित भेटिएका थिए भने मंगलबार ५४ जनामा संक्रमण भएको थियो। त्यस्तै शनिबार ५५ जनामा संक्रमण भएको पुष्टि भएको थियो। 

frontline

बिहीबार भेटिएका नयाँ संक्रमितमध्ये ७९ जना स्थानीय रूपमा संक्रमित भएकाहरू रहेको राष्ट्रिय स्वास्थ्य परिषद्ले जनाएको छ। योसँगै चीनमा ९८ हजार ९९ जनामा संक्रमण भएको छ।

जसमध्ये ४ हजार ६३६ को ज्यान गएको छ। यद्यपि जनवरीदेखि यता भने कसैले कुनै पनि संक्रमित ज्यान नगुमाएको समाचारमा बताइएको छ।

हाल चीनमा ५३३ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा रहेको समाचारमा बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here