कोरोना भइरसको दोस्रो लहरको त्रास

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेसँगै महानगरले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयका प्रधानाध्यापकसँग छलफल सुरु गरेको हो ।  कोरोना भइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडाैं महानगरपालिकाले नगरभित्रका विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा छलफल सुरु गरेको छ । 

अहिले महानगरभित्र रहेका सामुदायिक विद्यालयका प्रअहरू जम्मा भएर विद्यालय सुधारदेखि कोरोना संक्रमणका बीच कसरी विद्यालय सञ्चालन गर्ने भन्नेबारे छलफल गरिरहेका छन् । सुझाव आइसकेपछि निर्णय गर्ने डंगोलको भनाइ छ । 

frontline

छलफलमा सहभागी विभिन्न विद्यालयका प्रअहरूको सुझावका आधारमा निर्णय गरिने काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनले भने, ‘काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयका प्रअहरूसँग छलफल भइरहेको छ । सकेसम्म अरू सामाजिक गतिविधिलाई पनि असर नपर्ने गरी स्वास्थ्य मापदण्ड पालना गरेर गर्न सकिन्छ कि भनेर छलफल थालेका हौँ ।’

काठमाडौं उपत्यकामा जात्रा, पर्वको समय आएकाले त्यसलाई भाँड्ने गरी सूचना जानकारी आएको भन्दै जात्रा, पर्व व्यवस्थित ढंगले सञ्चालनका लागि महानगरले भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here