कोरोना नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण खोप दिइन्छ : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

२ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइने बताएका छन् ।

शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् ।

frontline

त्यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकता अनुसार बूष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए ।

प्रधानमन्त्री देउवाले विज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।

कोरोनाको नयाँ–नयाँ भेरियन्ट आएका कारण विश्व समूदायकै लागि चूनौती देखिएकाले यसलाई सामना गर्ने सवै उपायहरुलाई अवलम्वन गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले आइसोलेशन र होल्डिङ सेन्टरका साथै कोरोना परीक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।

छलफलका क्रममा परीक्षणको दायरा बढाउनुपर्ने, आइसोलेशन सेन्टर बढाउनुपर्ने र जनशक्ति बढाउन सुझाव दिएको संक्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले जानकारी दिए ।

उनले कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने सुझाव दिएका जानकारी दिए ।

छलफलमा स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिललगायत विभिन्न अस्पतालका विज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here