कोरोनाविरुद्धको खोप अभियानमा सहभागी होऔँ : ऊर्जामन्त्री भुसाल

फाइल फोटो

ललितपुर, १४ असोज (रासस) : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड–१९ सङ्क्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन आग्रह गर्नुभएको छ ।

उहाँले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरु उपाय नभएकाले अधिकतमरूपमा मापदण्ड अपनाउन र खोपमा सहभागी हुन आग्रह गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “चैतभित्र सबैलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

frontline

यस अभियानमा सहभागी बनौँ ।” नजिएको चाडपर्वमा सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “दसैँ, तिहार एवं छठजस्ता पर्व मनाउँदा ख्याल गर्नुहोला ।”

सामाजिक र सामूहिक एकताले राष्ट्रिय एकता सुदृढ हुने भएकाले चाडपर्वको महत्व रहेको उल्लेख गर्दै मन्त्री भुसालले सांस्कृतिक निरन्तरताका लागि हाम्रा चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

कोभिडकै कारण गरिबी झनै बढेको र त्यसको न्यूनीकरणका लागि राज्यका सबै निकायले आ–आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले कोभिडले आक्रान्त अर्थसामाजिक अवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई माथि उठाउनकै लागि २० युनिटसम्म विद्युत् खपत गर्ने जनतलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको जानकारी दिनुभयो ।

आफूले मन्त्रालय सम्हालेपछि विद्युत् महसुल दरमा कम गरेको उल्लेख गर्दै डलरमा खरिद गरिएको खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यय र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले चाडबाडका समयमा कोभिड–१९ को मापदण्ड पालना गर्न र शान्तिसुरक्षालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here