कोभिड-१९ प्रतिबन्ध हटाउन स्विजरल्याण्डमा चुनाव हुँदै

१३ मंसिर, बेर्न । कोभिड-१९ प्रतिबन्धबारे युरोपेली मुलुक स्विजरल्याण्डका नागरिकले भोट खसाल्ने भएका छन्। पछिल्लो समय फेला परेको नयाँ भेरियन्ट बढ्ने क्रममा देशबाट कोभिड-१९ प्रतिबन्ध हटाउने या नहटाउने भन्नेबारे त्यहाँका नागरिकहरुले आइतबार भोट खसाल्ने भएका हुन्।

कोभिड १९ का नयाँ संक्रमण फेला पर्दा यसअघि बनेका मापदण्ड परिमार्जन गर्नुपर्ने त्यहाँका नागरिकको माग छ। त्यहाँका नागरिकले खसालेको भोटको आधारमा स्विजरल्याण्ड सरकारले कोभिड-१९ प्रतिबन्धबारे परिमार्जित नयाँ मापदण्ड बनाउने सीएनएनले जनाएको छ।

frontline

यसअघि स्विस संसदले गत मार्चमा कोभिड नियम जारी गरेको थियो। कोभिड-१९ को नयाँ भेरियन्टको प्रकृतिअनुसार स्विस जनताको भोटको आधारमा कोभिड-१९ प्रतिबन्धबारे सरकारले निर्णय गर्नेछ। स्विस सरकारका अनुसार पछिल्लो १४ दिनमा करिब ७५ हजार ९ सय नयाँ संक्रमित फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here