कोभिड महामारीको खतरा कम भयो, अर्को महामारी आउन सक्ने : बिल गेट्स

७ फागुन, वासिङटन डिसी ।  माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक बिल गेट्सले कोभिड–१९ महामारीको खतरा नाटकीय रूपमा घटेको बताए। तर अर्को महामारी आउन सक्ने उनको भनाइ छ ।

सीएनबीसीसँग कुरा गर्दै शुक्रबार उनले अर्को महामारी आउन सक्ने र यस पटक नयाँ भाइरस हुने बताए। 

frontline

आधुनिक मेडिकल टेक्नोलोजीले मात्र यससँग लड्न मद्दत गर्ने बताउँदै त्यसका लागि अहिलेदेखि लगानी आवश्यक रहेको बताए।

बिल गेट्सले दुई वर्षदेखि फैलिएको कोरोना भाइरसका कारण विश्वको जनसङ्ख्यामा धेरै तहमा प्रतिरोधात्मक क्षमता विकास भएको बताए । यसै कारणले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम पनि कम भएको छ ।

बिल गेट्सले भने, ‘यो महामारी वृद्धवृद्धा, मोटोपन र मधुमेहबाट पीडित मानिसहरूका लागि बढी खतरनाक थियो तर अब यो जोखिम कम भएको छ।’ यो रोग प्रतिरोधात्मक क्षमता को कारण हो। विश्वव्यापी खोपको लक्ष्य हासिल गर्न धेरै ढिलो भइसकेको छ।

अहिले विश्वव्यापी जनसंख्याको ६१.९% ले कोभिड भ्याक्सिनको कम्तीमा एक डोज पाएका छन्।

बिल गेट्सले भ्याक्सिनलाई भविष्यमा अझ छिटो वितरण गर्ने सुनिश्चित गर्न आवश्यक रहेको बताए। बिल गेट्सले अबदेखि यसमा लगानी गर्न सरकारहरूलाई आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here