कोभिड निर्देशक समितिको पहिलो बैठक सम्पन्न, पहिलो प्राथमिकतामा खोप

फ्रन्टलाइन कोभिड | प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिनुभएको छ । यसका साथै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र प्रभावकारी रुपमा वितरण गर्न निर्देशन दिनुभएको छ ।
समाचार श्रोतका अनुसार प्रधानमन्त्री ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन समेत निर्देशन दिनुभएको छ । अध्यादेशले कानूनी प्रबन्धहरु गरेको भन्दै उहाँले कुनै अप्ठ्यारो भए सरकारले नीतिगत गाँठो फुकाउने बताउनुभयो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै श्रोतले भन्यो ‘अब ढिला गर्न कुनै छुट छैन । एक्सनमा जाने हो ।’

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here