कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा
काठमाडौं । जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छन् ।
दलित भएको थाहा पाएपछि कोठा नदिएको भन्ने रुपा सुनारको उजुरीका आधारमा प्रहरीले ती घरबेटीलाई पक्राउ गरेको थियो ।
घरबेटी बुधबार (आज) रिहा भएकी छन् ।
सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा उनलाई छोडिएको हो ।
थप अनुसन्धान जारी रहने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्