कोइला बालेर सुतेका व्यक्तिको मृत्यु

१७ पुस, दाङ । दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको मृत्यु भएको छ। झ्यालढोका थुनेर कोइला बाली सुतेका प्युठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति श्रीमान्–श्रीमती कोइला बालेर सुतेकामा विहान चार बजेतिर उठ्ने वेलामा कुसुमको मृत्यु भइसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए।

frontline

उनका अनुसार श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ। अहिले उनको अवस्था सामान्य छ।

मृतक श्रीमान्को शव भने घरभित्रै रहेको छ। प्युठानबाट परिवार आएपछि मात्रै शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here