के राज ढ़ूँगाना USA को BOARD OF DIRECTORS मा आउँलान !

नेपालमा नै विद्यार्थी राजनीतिबाट खारिएका, चिनिएका यिनी जुझारू, ऊर्जाशील, कुशल संगठक र रणनीतिकार

कोलोराडो । २०२१ कोलोराड़ोका राज ढूँगानाले NRNA-NCC , USA को BOARD OF DIRECTORS मा उम्मेद्वारीको घोषणा गरेका छन् । बिभिन्न सामाजिक संजालमा प्रेश बक्तब्य प्रकाशन गरि उनले उमेद्वारी घेषणा गरेका हुन् ।

झण्डै डेड दशकभन्दा बढि अर्थात् सन २००३ देखी कोलोराडोमा बसोबास गर्दै आएका राज ढ़ूँगाना अमेरिकी नेपाली समाजमा अझ मूलतः कोलोराडो नेपाली समाजमा सीधा कुरा स्पष्ट विचारका धनीको रूपमा चिनिएका छन ।

frontline

नेपालमा नै विद्यार्थी राजनीतिबाट खारिएका, चिनिएका यिनी जुझारू, ऊर्जाशील, कुशल संगठक र रणनीतिकार पनि हुन भन्ने कुरा कोलोराडो समाजलाई राम्रोसंग थाहा छ । उनले आफ्नो क्षमतालाई अमेरिकाभर नेपाली समुदायको हित र सेवाको खातिर विस्तार गर्न चाहेको बताएका छन ।

आफू बसेको समाजलाई कही दिनुपर्छ भन्ने भावनाले ओतप्रोत भई उनले विगत एक दशकदेखी सक्रियतापूर्वक विभिन्न स्थानीय संघसंस्थामा निरन्तर संलग्न भई नेपाली घरको उपाध्यक्ष र त्यसैगरी एनआरएन कोलोराड़ो च्याप्टरको निवर्तमान अध्यक्ष को रूपमा सरलता अनि सफलतापूर्वक आफ्नो कार्यकाल संपन्न गरिसकेका छन ।

राज ढ़ूँगाना हाल NRNA HELP DESK MANAGEMENT COMMITTEE कमिटिमा को CO- CHAIR काे रूपमा कार्यरत छन । कोलोराडोमा सामुदायिक केन्द्र हातेमालो गरेर अगाड़ी बनाउनुपर्छ भन्ने कुरामा उनको महत्वपूर्ण भूमिका छ ।

उनि भन्छन्, एनआरएनको मेरुदंड भनेको च्याप्टरहरू हुन । त्यसैले च्याप्टरहरूको पिरमर्काको आवाज बुलन्द गर्ने, तीनलाई अझ वास्तविक रूपमै मजबूत, सशक्त, गतिशील, समावेशी, जबाफदेही, सहभागितामूलक अनि पारदर्शी बनाउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने उनकाे योजना रहेकाे छ ।

माथी उल्लेखित मुद्दाहरूलाई सम्बोधन गर्न तथा नेतृत्व तहलाई आफ्नो साथ, सहयोग र समर्थन गर्ने उद्घोष र प्रतिबद्वता साथ उमेद्वारी घोषणा गरेकाे बताएका छन् ।

“एक पटकको नेपाली सधैको नेपाली” भन्ने एनआरएनको मूल मंत्र एबं यसैकाे सेरोफेरो तथा अधीनमा रही मातृभूमि र कर्मभूमी प्रतिको आफ्नो कर्तव्य, जिम्मेवारीको निर्वाह गर्दै मूलतः अमेरिका प्रवासमा रहनु हूने नेपाली समुदायको हित र सेवा प्रति जीतहार जे भए पनि सदा समर्पित रहने प्रतिबद्वता उनले जाहेर गरेका छन् ।

उनले काेलाेराडाे लगायत अमेरिकामा रहेका सम्पूर्ण आदरणीय अग्रज, अनुज, एनआरएन अभियंता दाजुभाई दीदीबहिनीहरू सबैलाइ आऊदै गरेको एनआरएन अमेरिकाको निर्वचनमा आफुलाई BOARD OF DIRECTORS मा आफ्नो अमूल्य मत दीई साथ, सहयोग, सदभाव र समर्थनका साथ विजयी गराइ दिनुहुन सबैसंग अनुरेध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here