के माधव नेपालले ‘धोका’ दिए ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाएका छन्। 
वरिष्ठ नेता नेपाल पक्ष सांसद पदबाट राजीनामा लागि तयार नहुने भएपछि बिहीबार बसेको माओवादी स्थायी समिति बैठकमा दाहालले यस्तो ‘ब्रिफीङ’ गरेको स्रोतले जानकारी दिएको छ। “यसपटक पनि उहाँ प्राविधिक कुरामा अल्झिनुभयो, बोल्ड राजनीतिक निर्णय गर्न सक्नु भएन,” वैठकमा दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। 

अध्यक्ष दाहालले ‘धोका’ नै भन्ने शब्द प्रयोग नगरे पनि ब्रिफीङको सार भने त्यही भएको स्रोतले जानकारी दिएको छ।अपरान्ह ३ बजे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि दाहालले बैठक आयोजना गरेका थिए।दाहालका अनुसार, बिहानसम्म पनि नेपालले सबैले नदिए पनि ५-७ जनाले भए पनि राजीनामा दिने भनेका थिए। 

frontline

माओवादी स्थायी समिति सदस्य गणेश शाह भने बैठकमा समसामयिक राजनीति, कोभिड-१९ बारे छलफल भएको, कसैको नाम लिएर आलोचना नभएको बताउँछन्। उनी भन्छन्, “अध्यक्षज्यूले कसैको नाम त उल्लेख गर्नु भएन, तर मेरो विचारमा माधवजीहरूको यो निर्णयले कम्युनिष्ट आन्दोलन विरोधीहरूलाई नै फाइदा पुग्छ जस्तो लाग्छ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here