केन्द्रीय कमिटीको आकार बढाउने अध्यक्ष ओलीको प्रस्ताव
१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव राखेका छन् ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबारदेखि दशौं महाधिवेशनमा जुटेको एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक अहिले सौराहमा बसिरेहेको छ ।
बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी अहिलेकै कायम राख्दा समस्या हुने भन्दै ३०१ सदस्यीय बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्