कृषि उत्पादन बढाउन पकेट क्षेत्र घोषणा
रोल्पा नगरपालिकाले कृषि पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले कृषि क्षेत्रको प्रवर्द्धन गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाका कृषि शाखाका प्रमुख महेन्द्र पुनका अनुसार पालिकाभित्र प्रत्येक वडाका लागि पकेट कार्यक्रम सञ्चालन गर्न लागेको हो । पालिकाभित्रका १० वटै वडामा सम्भावित उत्पादनलाई मध्येनजर गरी पकेट कार्यक्रम सञ्चालन गर्ने उनले पालिकाखबरलाई जानकारी दिए ।
पकेट कार्यक्रम सञ्चालनको लागि सम्बन्धित वडा अध्यक्ष, कृषक, कृषि समूह तथा सहकारी र सरोकारवाला निकायबीच छलफल हुन बाकी रहेको उनले सुनाए ।
नगरपालिकाले कृषिजन्य सामग्री उत्पादनको आधारमा अनुदान दिने र उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्