कृषकलाई ४८ लाख बराबरको अनुदान तथा उपकरण बागलुङ नगर

बागलुङ नगरपालिकाले नगर भित्रका कृषकहरुलाई ४८ लाख बराबरको अनुदान तथा उपकरण वितरण गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा स्विकार्नु विभिन्न कार्यक्रम मा परेका निवेदन अनुसार अनुदान र उपकरण वितरण गरिएको हो । विभिन्न ७ कार्यक्रम बनाएर कृषकबाट परेका निवेदनहरु को मुल्यांकन गरि कृषकहरुकै हातहातमा अनुदान रकम तथा उपकरण हरु वितरण गरिएको छ । संघीय सरकारको सशर्त अनुदानमा लागत साझेदारीमा भैसि प्रबर्द्धन कार्यक्रम अन्तरगर्त ५८ जना कृषकहरुलाइ १७ लाख अनुदान वितरण गरिएको छ । संघीय सरकारकै ससर्त अनुदानमा साना व्यवसायीक वाक्दान पकेट कार्यक्रमबाट १ सय जना कृषकलाई १५ लाख अनुदान रकम वितरण गरिएको छ ।

frontline

नगरको कार्यक्रम अनुसार प्रजननको लागि रांगा तथा बोका वितरण कार्यक्रम अनुसार ९ जना कृषकलाइ ३ लाख बराबरको रांगा तथा बोयर जातको बोका बितरण गरिएको नगरपालिकाका सुचना अधिकारी युक्तप्रसाद सुबेदिले जानकारी दिनुभयो । त्यसैगरी व्यवसायीक पशुपन्छि अनुदान कार्यक्रममा २० कृषकलाई ६ लाख अनुदान दिइएको छ । उर्जा अनुदान कार्यक्रममा २० कृषकलाइ २ लाख बराबरको अनुदान वितरण भएको छ ।त्यसैगरी प्लास्टिक पोखरी तथा माछाको भुरा वितरण कार्यक्रममा २० कृषकलाइ २ लाख र साना व्यवसायीक दुग्ध उत्पादन सहयोग कार्यक्रममा ९६ जनालाई ३ लाख बराबरको अनुदान तथा उपकरण वितरण गरिएको सुबेदिले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाले जम्मा ३ सय २७ जना कृषकलाइ ४८ लाख बराबरको अनुदान तथा उपकरण गरेको हो । उत्पादन मा आधारित अनुदान प्रणालीलाई आत्मसात गर्दै अनुदान तथा उपकरण वितरण गरेको नगरपालिकाले जनाएको छ । अनुदान तथा उपकरण वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले कृषि लाइ यान्त्रिकरण गर्दै व्यवसायीक र आधुनिककरण गर्न आवस्यक रहेको बताउनु भयो । कृषिलाइ मुख्य पेशाको रुपमा लिदा धेरै जना बेरोजगार बन्नु परेको र जिवनस्तरमा समेत परिवर्तन आउन नसकेको अवस्थामा कृषिलाइ आधुनिकरण गर्न सके उक्त समस्या हल हुने पौडेलको भनाइ थियो । बागलुङ नगरपालिकाले वास्तविक कृषकको मुल्यांकन गरि अनुदान तथा उपकरण वितरण गरेको नगरप्रमुख पौडेलले बताउनु भयो । कृषि पेशालाइ व्यवासायिक र सम्मानित पेशा बनाउनको लागि कृषकहरुले यान्त्रिकरण र आधुनिकतामामा ध्यान दिनु जरुरी रहेको उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here