कुरु क्षेत्रको धाक नलगाए हुन्छ, हामीलाई देश बनाउनेसंग सरोकार छ : अध्यक्ष ओली

१९ कार्तिक, भक्तपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुदा असाधारण काम गरेको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीले विकासका काम थुप्रै ग¥यौं । मोटरेबल पुल, चौडा पक्कीबाटो निर्माण गरेका छौं । हुलाकी राजमार्ग पूर्वदेखि पश्चिमसम्म नयाँ ढंगले बनायौं ।’

पुष्पकमल दाहालले भन्दा २५ वर्ष अघि आफूले गणतन्त्रको कुरा उठाएको ओलीको दावि छ । ‘केही तत्वहरू अनेक प्रकारका झुठा, भ्रमपूर्ण कुरा फैलाइरहेका छन्,’  माओवादी केन्द्रका अध्यक्ष दाहालतर्फ लक्षित गर्दै ओलीले भने, ‘कुरु क्षेत्र बनाउने भनेर धाक लगाएका छन् कसलाई तस्र्याएको ? नेपाल अब धर्म क्षेत्र हुन्छ । शान्ती क्षेत्र बन्छ ।

frontline

कुरु क्षेत्रको धाक नलगाए हुन्छ । हामीलाई देश बनाउनेसंग सरोकार छ ।’ यसअघि माओवादी केन्द्रले चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा दाहालले राजनीतिक टक्कर र लडाइँले चितवन कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरेका थिए ।

आफ्नो पार्टी राष्ट्र निर्माणको अभियानमा लागेको ओलीको भनाइ थियो । फरक प्रसंगमा ओलीले भने, ‘पुर्वजहरुप्रति गर्व गर्नुपर्छ । उहाँहरुले संस्कृति र सभ्यताको सृजना गर्नुभयो ।

नेपाली भुमिबाट थुप्रै कुराको सुरुवात भएको छ । हाम्रो संस्कृति र पुरानो गौरबको संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ । ’ कार्यक्रममा ओलीले माटाको पाला बनाएका थिए ।

मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको ‘गन्तव्य मध्यपुर थिमी’ नामक पुस्तकको विमोचन गर्दै ओलीले भने, ‘मैले माटाको पाला बनाए । अर्को दिपावलीमा यो पाला प्रयोगमा ल्याउँछु ।

माटाका कुरा सबैभन्दा बलिया हुन्छन् । माटो धेरै पकायो ढुंगा भन्दा कडा हुन सक्छ ।’ उनले भक्तपुर एउटा जिवित संग्रहालय भएको बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयामहरु फैलाउने ओलीको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here