कुमारी बैंकका कामु अधिकृत तिमल्सिना र नायव प्रमुख अधिकृत तिमल्सिनाले दिए राजीनामा

२५ माघ, काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएका छन् । दुबै जनाले बैंक सञ्चालक समितिसँग सल्लाह मै स्वेच्छिक अवकास लिएका हुन् ।

सञ्चालक समितिले केही दिन अघि स्वेच्छिक अवसका स्कीम (भीआरएस) आफर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुबै जना बैंकबाट बाहिरिएका हुन् । कामु सीईओ तिमिल्सनाले स्कीम मन परेकाले बैंकबाट बिदा लिएको जानकारी दिए ।

frontline

कामु सीईओ र डेपुटी सीईओ दुबै जना बैंकबाट बाहिरिए पछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्बेवारी रामचन्द्र खनाललाई दिएको छ ।

यस अघि बैंकको चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीईओको जिम्बेवारी दिइएको हो । । सरल स्वभाव भएका खनाल अनुभवी र पुराना बैंकर हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here