कुखुरा बोकेको पिकअप दुर्घटना हुँदा पाल्पामा दुई जनाको मृत्यु

फ्रन्टलाइन, देश । पाल्पाको तानसेन नगरपालिका– ७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति करिब साढे १२ बजे लु २ च ६३२ नम्बरको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट– ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।

frontline

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here