कुखुराको खोरमा तास खेल्दै गरेका चार जना पक्राउ

आइतबार, नवलपुर । कुखुराको खोरमा तास खेल्दै गरेका चार जना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका वडा नं. ५ बाट प्रहरीले नगद र ताससहित शनिबार दिउँसो कुखुराको खोरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

frontline

प्रहरी नायव निरिक्षक शिवजी पन्त सहितको टोलीले स्थानीय पूर्णबहादुर रावलको कुखुराको खोरबाट १६ हजार ६ सय ५ रुपैंया नगद र एक बुक तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कावासोती ५ का ६० बर्षीय पुर्णबहादुर रावल, ४० बर्षका मित्रप्रसाद भुसाल, ३६ बर्षीय अर्जुन खड्का र वर्ष ४२ का मोहन अधिकारी छन् ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here