कास्कीमा साउन २७ गतेसम्म थप निषेधाज्ञा

मंगलबार, काठमाडौं । कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।

frontline

प्रशासनद्वारा जारी आदेशमा थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here