कालीगण्डकीको डेडगाउँ र तनहुँ जोड्ने पक्की पुल जोखिममा

श्रोत : ईन्टरनेट

नवलपुर । नवलपुर जिल्लाको पहाडी गाउँपालिका बौदीकालीको सदरमुकाम कावासोतीलगायत प्रदेश राजधानी पोखरासँग यातायात–सम्बन्ध टुटेको छ ।

कालीगण्डकी नदीमाथीको डेडगाउँ र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेसँगै बौदीकालीवासीको जिल्ला र प्रदेश सदरमुकामसँग सम्वन्ध विच्छेद भएको हो ।

frontline

बाढीले पुलमा क्षति पुर्याएसँगै पुलबाट सवारी साधन वारपार गर्ने अवस्था नरहेको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिएका छन् ।

सुवेदीका अनुसार अघिल्ला वर्षका बर्षातका समयमा आएका बाढीपहिरोमा निरन्दी र बौदीकाली खोलाबाट गाडी वारपार गर्न नसक्दा नवलपुर सदरमुकामसँग सीधा सम्पर्क टुटेको हुन्थ्यो ।

तर, कालीगण्डकी पुलबाट तनहुँको भिमादहुँदै मुग्लिङ–नारायणगढको घुमाउरो बाटो हुँदै सदरमुकाम कावासोती पुग्न सकिन्थ्यो ।

असारको सुरुमै कालीगण्डकीमा आएको भिषण बाढीले त्यो पुल खतरामा परेपछि सबै बाटोहरु बन्द भएको उनले बताए ।

पुलको उत्तरी भागमा निर्माण भएको पुललाई नै टेवा दिने संरचनाको तटबन्ध बाढीले भत्काएर भासिएपछि पुल नै खस्ने अवस्थामा रहेकाले पुलबाट आवत–जावत गर्न रोकिएको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

poster-here