कार्यकारी निर्देशक शाक्य : राजीनामाको विषयमा कुरा नभएको
बिहीवार, काठमाण्डु । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन निर्देशन नआएको स्पष्ट पारेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले उर्जामन्त्री पम्फा भुसालले राजीनामा दिन कुनै निर्देशन नदिएको बताएका हुन् ।उनले आफूलाई अर्को जिम्मेवारी दिए राजीनामा दिन तयार रहेको बताए ।
‘विकल्प दिए अदालत जान्न । अन्याय भए त अदालत जानै पर्छ । मलाई यो चाहिन्छ भन्ने छैन । सरकारसँग थुप्रै विकल्प छन्’ उनले भने, ‘मेलै गर्न सक्ने काम प्राधिकरणमा गरेको छु । आफ्नो काममा सन्तुष्ट छु ।’
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले उर्जामन्त्रीलाई शाक्यलाई राजीनामा दिन र कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएको खबर सार्वजनिक गरेको थियो ।
उर्जामन्त्री भुसालले पनि प्रधानमन्त्रीले कुलमानलाई ल्याउन निर्देशन नदिएको स्पष्टिकरण दिइसकेकी छन् ।
उनले शाक्यको कार्यसम्पादन प्रभावकारी नभएको असन्तुष्टी जनाए पनि राजीनामाको विषयमा कुरा नभएको बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्