कारागारमा रहेका युवककाे मृत्यु

२१ फागुन, धनगढी । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवककाे मृत्यु भएकाे छ ।

जिल्लाकाे घाेडाघाेडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरकाे मृत्यु भएकाे कैलाली कारागारले जनाएकाे छ ।

frontline

जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालकाे आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरकाे शुक्रबार राति मृत्यु भएकाे बताए ।

उनकाअनुसार थापामगर विगत दुई महिनादेखि फाेक्साे सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here