कारले ठक्कर दिँदा साइकलमा सवार महिलाको मृत्यु

१६ कार्तिक, कैलाली । कैलालीमा कारले ठक्कर दिँदा साइकलमा सवार महिलाको मृत्यु भएको छ।

सोमबार बेलुका जानकी गाउँपालिका–५ अमौरीमा लम्की–टीकापुर सडकखण्ड अन्तर्गत बा १६ च ५३४९ नम्बरको कारले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी ३० वर्षीय अनिता डगौराको मृत्यु भएको हो।

frontline

साइकलमा सवार दुई जना कारको ठक्करबाट घाइते भएका छन्। उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।
घाइते अनिताको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ। ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here