काभा यु २० भलिबलमा नेपाल‌ तेस्रो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा‌ तेस्रो स्थान हासिल गरेको छ।

नेपालले कास्य पदकको प्रतिस्पर्धाका मंगलबार आयोजक माल्दिभ्सलाई ३-० ले हराएको हो । नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको छ।
लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो।

frontline

लिग चरणको पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा किर्गिजस्तानसँग‌ ३-० को‌ सोझो सेटमा पराजित भएको थियो।

किर्गिजस्तानसँग सेमिफाइनल पनि नेपालले ३-० ले नै गुमाएको थियो। श्रीलंका‌ र किर्गिजस्तानबीचको फाइनल पनि‌ आजै हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here