काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाण्डु । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

frontline

उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने खुलेको छैन् । यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको जनाइएको छ ।

अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here