काबुलस्थित विमानस्थलमा पुन: पाँचवटा रकेट आक्रमण
एजेन्सी ।अफगानिस्तानको राजधानीस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरिएको छ ।
काबुलस्थित विमानस्थललाई निशाना बनाएर सोमबार पनि पाँच रकेट आक्रमण गरिएको हो । यो रकेट कसले प्रहार गरेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार अहिलेसम्म विस्फोटबाट भएको जनधनको क्षतिको विवरण सार्वजनिक गरिएको छैन । काबुलको सोही विमानस्थलबाट अमेरिकी नागरिकलाई बाहिर निकालिँदै छ । र, उनीहरुले ३१ डिसेम्बरसम्म देश छाड्नुपर्नेछ ।
अमेरिकी एन्टी–मिसाइल सिस्टमले यी रकेटलाई निस्जेत बनाइदिएको जनाइएको छ । आइतबार अमेरिकाले एक ड्रोन आक्रमण गरेको थियो । त्यसक्रममा विमानस्थलमा आक्रमण गर्न आउँदै गरेका इस्लामिक स्टेट समूहका एक आत्मघाती आक्रमणकारीको मृत्यु भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
यो अमेरिकाको दोस्रो ड्रोन हमला थियो । यसअघि उसले बिहीबार आईएसलाई निशाना बनाकर ड्रोन हमला गरेको थियो । काबुल विमानस्थलको बाहिर आईएसको आत्मघाती हमलामा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो । त्यसपछि अमेरिकाले जवाफमा ड्रोन हमला गरेको थियो ।
अमेरिकाले अफगानिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती आक्रमणपछि आईएस–के माथिको कारबाहीलाई निरन्तरता दिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्