काबुलको सैनिक अस्पतालमा विस्फोट, आक्रमणमा परी २० जनाको मृत्यु, १६ घाइते
१८ कार्तिक, एजेन्सी : अफगानिस्तानको राजधानी काबुलको एक सैैनिक अस्पतालमा गराइएको विस्फोट र आक्रमणमा परी २० जनाको मृत्यु भएको छ । काबुस्थित सर्दार खान सैनिक अस्पतालमा गराइएको विस्फोटमा परी १६ जना घाइते भएका छन् ।
अस्पताल बाहिर विस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले लिएको छ ।
विस्फोटपछि घटनास्थलमा धुवाँको मुस्लो निस्किएको भिडियो सामाजिक संजालहरुमा देखाईएको छ । दुई ओटा विस्फोट मध्ये एउटा विस्फोट आत्मघाती भएको अस्पतालका डा.सहिद अहदले जानकारी दिनुभयो । तालिबान
ले राजधानी काबुल कब्जा गरेपछि आईएसले अफगानिस्तानमा हिंसात्मक हमलाहरु गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्